नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने
farakdhar.com · Fri Dec 17 01:15:56 GMT 2021
अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ । 'लुम्बिनी सुरक्षित छ, कोभिडले डराउनुपर्ने अवस्था छैन' भन्ने सन्देश दिँदै लुम्बिनी होटल संघले १६ र १७ पुसमा नयाँ वर्ष २०२२ अवसर पारेर सडक खाना महोत्सव गर्न लागेको हो ।
कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न, स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, लुम्बिनीमा पर्यटकको बसाइँ हुने गरी आन्तरिक र भारतीय पर्यटकलाई मध्येनजर गर्दै विशेष स्किमका साथ महोत्सव गर्न लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)