लेबनानमा नेपाली शान्ति सैनिकको मृत्यु
nayapatrikadaily.com · Sat Feb 03 00:27:00 GMT 2024
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ शान्ति सैनिकको मृत्यु भएको छ । पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार मृत्यु भएको हो ।
दोलखाका थापा गण हे.क्वा.को बंकरमा स्ट्यान्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेको र त्यहीँ अस्पतालमा उपचारका लागि लाने क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ‘स्वर्गीय सिपाही सुवासको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ,’ सेनाको विज्ञप्तिमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)