मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीनमा अड्किएका सामान आयात ‘यही साता’

annapurnapost.com · Wed Sep 07 00:55:00 GMT 2022

काठमाडौं : नाका बन्द हुँदा चीनका विभिन्न स्थानमा रोकिएका सामग्री नेपाल पठाउन चिनियाँ पक्षले विवरण संकलन सुरु गरेको छ। नेपाली व्यापारीले मगाएका सामग्री चीनको स्वशासित क्षेत्र तिब्बतस्थित सिगात्से, केरुङ, ल्हासालगायत स्थानका गोदाममा थन्किएका र बाटामा रोकिएका छन््। कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगको रसुवागढी र तातोपानी नाका बन्द गरेका कारण लामो समयदेखि सामग्री आयात हुन सकेको छैन।

नेपाल–चीन व्यापार गर्दै आएका धर्म पौडेलका अनुसार त्यहाँ रहेका एजेन्ट र ट्रान्सपोर्टले यससम्बन्धी जानकारी दिएका हुन्। ‘चीनको सरकारी निकायसँग हाम्रो कुराकानी भएको होइन। त्यहाँ रहेका एजेन्ट तथा ट्रान्सपोर्टसँग हाम्रो कुराकानी भइरहेको छ’, पौडेलले भने, ‘उनीहरूले दिएका जानकारीअनुसार यही साता सामग्री आउने सम्भावना छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)