कपिलवस्तुमा ६० जना ज्येष्ठ नागरिकलाई सम्मान
gorkhapatraonline.com · Sat Jun 13 13:24:39 GMT 2026

कपिलवस्तुमा ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। कपिलवस्तु नगरपालिकाको सहयोग र नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको हो। सम्मानित ज्येष्ठ नागरिकलाई प्रमाणपत्र, गुल्कोज तथा एक थान गिलास प्रदान गरिएको थियो।
सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले ज्येष्ठ नागरिकको सम्मान र सेवामा सहभागी हुन पाउँदा आफू अत्यन्त खुसी भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिक तथा एकल महिलाबिच आपसी भेटघाट, चिनजान र सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)