अख्तियारका डीआईजी श्रेष्ठको सरुवा रोकियो, ओम रानालाई रानीपोखरीमा पदस्थापन
ratopati.com · Fri May 30 17:50:00 GMT 2025

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ । अबधि नपुगेको भन्दै उनको सरुवा थमौती गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
भर्खरै बढुवा भएका डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ । यसअघि रानालाई अख्तियारमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको पत्र बाहिरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)