मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिसोसँग कठोर संघर्ष

nayapatrikadaily.com · Sat Dec 31 00:42:00 GMT 2022

तराई–मधेसमा शीतलहरसँगै कठ्यांग्रिँदो जाडोले जनजीवन प्रभावित बनेको छ, अहिलेसम्म पाँचजनाले त ज्यान नै गुमाइसकेका छन् । सप्तरीमा कैयौँ दलित परिवारको चुलो बल्न छाडेको छ, रौतहटका मुसहर समुदाय पराल ओछ्याएर सुत्न विवश छ । त्रिपालमुनि रहेका कैलालीका बाढीपीडित चिसोसँग संघर्षरत छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका– ९ डुमरियाकी शान्ति देवीले चिसोबाट जोगाउन परालको ओछ्यानमाथि सुताएको शिशु । यहाँका ९५ परिवार मुसहर पराल ओछ्याएर सुत्न विवश छन् । दिनभरि ज्याला–मजदुरी गरेर दुई छाकको जोहो गर्ने उनीहरू चिसो बढेपछि काममा समेत जान सकेका छैनन् । तस्बिर : नयाँ पत्रिका

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)