मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलमाथि युनाइटेडको सनसनीपूर्ण जित

ekantipur.com · Tue Aug 23 00:22:06 GMT 2022

लिभरपुल — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुलमाथि २-१ गोलअन्तरको सनसनीपूर्ण जित निकालेको छ । म्यानचेस्टरका लागि जाडोन सान्चो र मार्कस रसफोर्डले गोल गरे । यो हारसहित लिभरपुल तीन खेलमा जितविहीन छ ।

सान्चोले १६औं मिनेटमा पहिलो गोल गरे भने रसफोर्डले ५३औं मिनेटमा दोस्रो गोल थपे । मोहमद सलाहले ८१औं मिनेटमा लिभरपुलका लागि एक गोल फर्काए पनि उक्त गोल टिमलाई हारबाट जोगाउन पर्याप्त रहेन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)