१३ लाख ८० हजार मूल्यका भन्सार छलीका सामान बरामद
baahrakhari.com · Fri May 30 18:09:44 GMT 2025
पर्सा । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका १३ लाख ८० हजार रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो ।
वीरगन्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगन्जतर्फ ल्याउँदै गरेको आठ लाख ३६ हजार ९५० रुपैयाँ मूल्य बराबरको मोबाइल पार्ट्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)