शिव–पार्वतीको विचित्र विवाह !
lokpath.com · Mon Aug 23 00:15:59 GMT 2021
योग परम्परामा एउटा सुन्दर कथा छ । आदियोगी शिव र पार्वतीको विवाह भव्य रूपमा आयोजना गर्न लागिएको थियो । पार्वती एक राजकुमारी थिइन्, त्यसैले त्यस क्षेत्रका सबै आफन्त, नातेदार र मान्यजनहरू आमन्त्रित थिए- राजाहरू, रानीहरू, देवी-देवताहरू सबैजना पूरै सजिएर झकिझकाउ भएर उपस्थित भएका थिए, जहाँ एकभन्दा अर्को बढी सुन्दर देखिन्थे ।
त्यसपछि, वरको आगमन भयो- शिव आफ्नो लट्टा र जटा फिजाउँदै, शिरदेखि पैतलासम्म खरानी धसेर, रगत चुहिँदै गरेको हात्तीको ताजा छाला ओढेर त्यहाँ उपस्थित भएका थिए । उनी नशाले पूरै मदमत्त थिए अनि परम–आनन्दमा चुर्लुम्म डुबेका थिए । उनका साथीसङ्गीहरू सबै विक्षिप्त र विकृत प्राणीहरू थिए । मान्छेको रूप होइन ! उनीहरू सबैजना आफू–आफूमा अनेक प्रकारका आवाजहरूमा हल्लाखल्ला गरिरहेका थिए । उनीहरू यस्तो भाषामा बोलिरहेका थिए, जुन अरू कसैले बुझ्न सक्दैनथे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)