सिद्धार्थ बैंकको ‘श्रीवृद्धि मुद्दती खाता’मा १० गुणासम्म प्रतिफल
abhiyandaily.com
काठमाडौं (अस) । सिद्धार्थ बैंकले निक्षेप रकमको १० गुणासम्म प्रतिफल पाइने योजना ल्याएको छ । ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । उक्त खाता व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकले न्यूनतम १० हजार रुपैयाँ जम्मा गरेर खोल्न सक्ने बैंकले बताएको छ ।
मुद्दती खातामा ग्राहकले बैंकद्वारा तोकिएको समयावधिपछि साँवा रकमको २ देखि १० गुणासम्म प्रतिफल पाउने बताइएको छ । साँवा रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा दिइने बैंकले बताएको छ । साथै शतप्रतिशतसम्म क्रेडिट कार्ड सुविधा दिइने र उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)