अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
barnanmedia.com · Fri Jun 26 14:07:12 GMT 2026

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र नहुँदा यात्रु र स्थानीयलाई आवागमनमा सास्ती हुने गरेको छ । सडक कालोपत्रका लागि ११ वर्ष अगाडि ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको हो ।
बाह्र किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रका लागि २०७२ साल माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले दुई वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका थियो । नौ वर्ष बितिसक्दा पनि काम पूरा नगरेपछि लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोडेर २०८१ साल असार २१ गते दुई वर्षभित्र आयोजना पूरा गर्नेगरी नयाँ ठेक्का लगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)