सरकार र शिक्षक महासंघबीच शुक्रबार पनि वार्ता हुँदै
nepallive.com · Fri Sep 22 00:43:00 GMT 2023
काठमाडौं- विभिन्न माग राखी असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार पनि वार्ता हुँदैछ। बिहीबारको वार्ताले निकास दिन नसकेपछि आज बिहान ८ बजे पुन: वार्ता हुन लागेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए।
मन्त्री गुरुङका अनुसार महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको हो। ‘हिजो सकारात्मक छलफल भएको छ। बिहानको भन्दा बेलुको बुँदागत रुपमा छलफल भएको छ। उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको छ। शुक्रबार बसेर टुंगोमा पुग्ने सहमति भएको छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)