पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल
ratopati.com · Fri May 30 18:48:00 GMT 2025

काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन पुनः सरोकारवालाबीच छलफल गरिएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र पनौती नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा मन्त्रालयका अधिकारी, नगरका प्रतिनिधि, सम्पदा विज्ञ, समुदायका अगुवालगायत सरोकारवाला निकायबीच थप अर्को चरणमा छलफल गरिएको हो ।
पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास वर्षौदेखि भइरहे पनि विभिन्न प्राविधिक त्रुटिका कारणले ती प्रयास सफल हुन नसकेको पनौती नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए। कार्यक्रममा सबै सरोकारवालाको समन्वय, सहयोग र प्रतिबद्धता आवश्यक भएको उनले बताए। मन्त्रालयका संस्कृति महाशाखाका सहसचिव डा सुरेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै विश्व सम्पदा महासन्धी, कार्य सञ्चालन निर्देशिका, सम्भावित सम्पदाको सूचीमा नाम लेखाउने प्रक्रिया, मनोनयन तथा सूचीकरण प्रक्रिया, खतरामा परेका सम्पदाको सूची र संरक्षित स्मारक क्षेत्रका अवधारणालगायतका महत्वपूर्ण विषयमा जानकारी गराउका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)