मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मलको पर्खाइले रोपाइँ ढिलो

ekantipur.com · Tue Aug 09 01:07:16 GMT 2022

काठमाडौँ — कृषि मन्त्रालयका अनुसार गत साउन १२ सम्म मुलुकभर ८६.३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष साउन १२ सम्म ९५.६० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । ‘गर्मीका कारण धान उत्पादन बढ्नुपर्ने हो । तर बिरुवालाई पानी पुगेको छैन । बिरुवाले सहन नसक्ने गर्मी छ,’ कृषिविज्ञ कृष्ण पौडेलले भने, ‘रोपाइँ ढिला हुँदा बीउ बूढो भई उत्पादन क्षमता घट्छ ।’

रासायनिक मलको उचित व्यवस्थापन, बीउको अवस्था, रोपाइँ क्षेत्रफलमा बाढी/पहिरोजस्ता कारणले पनि उत्पादनमा असर गर्छ । यसपालि किसानले समयमै रासायनिक मल पाएनन् । तराईका कतिपय ठाउँमा रोपाइँका लागि पानीको समेत अभाव भयो । ‘अहिले पानीको ठेगान छैन, तराईका धेरै ठाउँमा पानी छैन । किसानले रासायनिक मल नपाउँदा सरकारले वैकल्पिक व्यवस्था पनि गर्न सकेन,’ पौडैलले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)