‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
ratopati.com · Fri May 30 19:15:00 GMT 2025

टोरन्टो। नेपालमा जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबरको नोक्सान भै रहेको तथ्याङ्कहरूले देखाएका छन्।
टोरन्टो ब्राम्प्टनस्थित क्यानाडा कन्भेन्सन सेन्टरमा आयोजित तीन दिने सम्मेलन (मे २५–२७, २०२५) लाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय भेदभावका कारणले नेपालमा वर्षेनी कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को १० प्रतिशत ( झन्डै रु ६ खर्ब) नोक्सान भै रहेको बताए । उनले नेपाल मानव अधिकार प्रतिवेदन २०२० तथा अन्य अध्ययनहरूले जाति व्यवस्थाले देशलाई गरिब र कमजोर बनाइ रहेको देखाएको जनाए । उनले नेपालको संविधान २०७२ ले दलित समुदायको हितका लागि थुप्रै प्रावधानहरू राखेको भएयता पनि कतिपय कार्यान्वयन हुन अझै नसकेको बताए । उनले नेपालको कानूनले जातीय भेदभावलाई दण्डनीय बनाइएता पनि पीडितहरूको संरक्षण र परिपूरणको लागि पनि काम गर्न जरुरी रहेको जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)