एशिया कप २०२३ः भारतीय टीमले काट्यो फाइनलको टिकट, बलरका सामु टिकेनन् श्रीलंकाका खेलाडी
kalakarmi.com · Tue Sep 12 23:25:28 GMT 2023
कोलम्बो– एशिया कप-२०२३ मा भारतीय टीमको उत्कृष्ट यात्रा जारी छ । सुपर फोर राउण्डमा भारतले पाकिस्तानपछि श्रीलंकालाई पनि पराजित गरेको छ । मंगलवार राति कोलम्बोमा सम्पन्न खेलमा भारतीय टीमले श्रीलंकालाई ४१ रनले हरायो ।
यो जीतसंगै भारतीय टीमले फाइनलको टिकट समेत काटेको छ । एशिया कप २०२३ को फाइनल खेल आगामी भदौ ३१ गते आइतवार कोलम्बोमै खेलिँदैछ । त्यसो त भारतीय टीमले फाइनलअघि सुपर–४ राउण्डको थप खेल खेल्न बाँकी नै छ । यो खेल यही शुक्रवार बंगलादेशविरुद्ध यही मैदानमा खेलिने छ । यो खेल अब औपचारिकतामा मात्र सिमित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)