प्रथम साहित्य दिवस मनाइयो
ratopati.com · Fri Apr 14 22:55:00 GMT 2023
काठमाडौँ । साहित्य संवर्द्धन केन्द्र, नेपालको अगुवाइमा शुक्रवार प्रथम साहित्य दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रममा काठमाडौँका करिब ३०–४० साहित्यिक संस्थाहरूको सहभागिता थियो ।
दिवस अन्तर्गत भानु माध्यमिक विद्यालय (दरबार हाइस्कूल) को प्राङ्गणमा बिहान ७ः३० बजे भेला भएर ८ बजे रानीपोखरी र टुँडिखेलको परिक्रमा (प्रभातफेरी) गरी समापन गरिएको साहित्यकार सूर्यकुमार पण्डितले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)