मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तरराष्ट्रिय मुद्दा बनाउने घोषणा

barnanmedia.com · Sat Jul 26 21:52:11 GMT 2025

काठमाडौँ, ११ साउन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरमअन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गर्नुभएको छ ।

फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो । यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उहाँले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)