ज्येष्ठ नागरिकहरूको भेटघाट
gorkhapatraonline.com · Sat Jun 13 13:38:55 GMT 2026

ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्धको २१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार फुङलिङ नगरपालिका–११ मा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
ज्येष्ठ नागरिक जिल्ला सङ्घ ताप्लेजुङको आयोजनामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई अल्जाइमर रोगबारे जानकारी गराइएको थियो । यस्तै ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार तथा यसको न्यूनीकरण र ज्येष्ठ नागरिकको सेवा–सुविधा तथा कर्तव्यबारे छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)