वैदेशिक रोजगारीपछि पशुपालन, मासिक लाखौँ आम्दानी गर्दै नमोबहादुर
farakdhar.com · Tue Oct 24 15:48:32 GMT 2023
घोराही उपमहानगरपालिका–५ धर्नाका नमोबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ ।
रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताएका ४५ वर्षे केसीले विसं २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लागेका हुन् । ‘मलेसियामा तीन वर्ष काम गरे, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे । तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिन, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ’, उनले भने । उनका अनुसार पशुपालनबाट हाल मासिक दुई लाख आम्दानी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)