मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूँजी बजारको विकासका लागि सचेतना

abhiyandaily.com

नेपालमा पछिल्लो समय पूँजी बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । तर, जसरी सर्वसाधारणको आकर्षण बढ्दो छ, सोहीअनुसार उनीहरूले पूँजी बजारप्रति बुझ्न अझै आवश्यक रहेको कैयन् उदाहरणले देखाएका छन् । यसै क्रममा विभिन्न कम्पनीले आपूmलाई आवश्यक पूँजीको जोहो गर्न जारी गरेको ऋणपत्रलाई साधारण शेयर भनी आवेदन दिने व्यक्तिको संख्या उल्लेख्य रहनुलाई लिन सकिन्छ । लगानीका उपकरण र तिनमा रहेको भिन्नता थाहा नपाउँदा यस्तो भएको देखिन्छ । नेपालको पूँजी बजार परिपक्व बन्दै छ भनेर कतिपयले विश्लेषण गरिरहँदा लगानीकर्तामा यसबारे आधारभूत जानकारी नभएको यसले देखाउँछ । साथै, सरोकारवाला निकायले पर्याप्त जानकारी दिन नसकेकोसमेत यसबाट पुष्टि हुन्छ ।

शेयरबजार विकास र विस्तारको जिम्मा पाएका सरोकारवाला निकायले जनचेतनाका लागि शेयर शिक्षाका विभिन्न कार्यक्रम गरे पनि त्यो पर्याप्त नभएको तथ्य ऋणपत्रलाई शेयर ठानेको घटनाले पुष्टि गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)