काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
newspolar.com · Fri Jun 05 04:30:07 GMT 2026

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व तथा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकास्थित विभिन्न अस्पतालहरूमा स्वास्थ्य सेवा प्रवाह, सेवा गुणस्तर तथा स्वास्थ्य मापदण्डहरूको प्रभावकारी कार्यान्वयनको अवस्थाको मूल्याङ्कन तथा अनुगमन गर्न स्थलगत अनुगमन सुरु गरिएको छ।
अनुगमनमार्फत अस्पतालहरूमा प्रदान भइरहेका सेवाको अवस्था, सेवा गुणस्तर, स्वास्थ्य मापदण्डको पालना तथा सेवाग्राहीमैत्री वातावरणको सुनिश्चितताका विषयमा प्रत्यक्ष अवलोकन तथा मूल्याङ्कन गरिने जनाइएको छ।
यस अभियानले स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
#स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
न्यूजपोलार
२२ जेष्ठ २०८३, शुक्रबार १०:१५
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)