कोशीमा कांग्रेस संस्थापनको रणनीति : कार्कीलाई विश्वासको मत दिएर अपनत्व लिने र उपयुक्त समयमा एमालेलाई बाहिर्याउने
nayapatrikadaily.com · Tue Oct 17 00:42:00 GMT 2023
कांग्रेसको संस्थापन पक्षले कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सरकार सुरक्षित गर्ने रणनीति तय गरेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका कार्कीले बुधबार विश्वासको मत लिँदै छन् । माओवादीले विश्वासको मत दिने निर्णय लिइसकेको छ ।
कार्कीले एमालेलाई समेत सरकारमा सहभागी बनाएपछि सशंकित देखिएको कांग्रेसको सस्थापन पक्ष पहिलो चरणमा सरकार सुरक्षित गर्ने र दोस्रो चरणमा एमालेलाई सरकारबाहिर गर्ने रणनीतिमा देखिएको छ । सोहीअनुसार विश्वासको मत दिएर सरकारलाई गठबन्धनको अपनत्व दिने गरी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)