पूर्वराजा ज्ञानेन्द्र १० दिने भ्रमणमा भारत जाँदै- निमन्त्रणा योगी आदित्यनाथको, सुरक्षाको जिम्मा उत्तरप्रदेशको
newsofnepal.com · Thu May 04 00:44:39 GMT 2023
काठमाडौं । देश दौडाहा गर्दै सक्रियता बढाइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लाग्नुभएको छ । करिब डेढ महिनाअघि सिलगुढी हँुदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित भोली वैशाख २२ गतेदेखि भारतको लखनउ जान लाग्नुभएको हो ।
लखनउमा पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा, पूजालगायत दुई दर्जन टोली भारत भ्रमणमा निस्कन लागेको बताइएको छ । तर, पूर्वको झापाबाहेक अन्य जिल्ला भ्रमणमा ननिस्कनुभएका पूर्व युवराज पारस भने निर्मल निवासमै रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)