अग्रजको सम्मान गर्दै कपिलवस्तु नगरपालिका, ६० ज्येष्ठ नागरिकको सम्मान
nagariknews.nagariknetwork.com · Sat Jun 13 13:33:07 GMT 2026

कपिलवस्तुको तौलिहवामा कपिलवस्तु नगरपालिका क्षेत्रभित्रका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। कपिलवस्तु नगरपालिकाको सहयोग तथा नेपाल अर्बुद रोग निवारण संस्था, कपिलवस्तुको आयोजनामा उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा नगर प्रमुख सुदीप पौडेलले ज्येष्ठ नागरिकलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए। सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले ज्येष्ठ नागरिकहरू समाजका जिउँदा इतिहास भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)