होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिन व्यवसायीको माग
ratopati.com · Sun Apr 30 22:52:00 GMT 2023
वीरगञ्ज । होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय सङ्घ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ । सङ्घका अध्यक्ष हरि पन्त नेतृत्वको होल तथा पर्यटन व्यवसायीको टोलीले सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।
मुलुकको आर्थिक विकासमा होटल तथा पर्यटन व्यवसाय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै होटल तथा पर्यटन व्यवसायीले यस क्षेत्रको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग गरेका छन् । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल तथा पर्यटन व्यवसाय भएकोले यसको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग आफूले मन्त्रीसमक्ष गरेको सङ्घका अध्यक्ष पन्तले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)