भरतपुरको क्यान्सर अस्पतालमा ईएचएस सेवा पुनः सुरु
nepallive.com · Sun Jul 18 00:18:00 GMT 2021
चितवन- कोभिडका कारण बन्द रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको ईएचएस र बिहानी सभा नियमित हुने भएको छ। कोरोनाको पहिलो लहरसँगै बन्द रहेका यी सेवा पुनः सुरु हुने भएको हो।
अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माका अनुसार ईएचएस लगायतका कोरोनाका कारण बन्द रहेका सेवा आज (आइतबार)देखि नियमित हुने छन्। उनले सम्बन्धित विभाग, शाखा, एकाइ र मातहतका सम्पूर्ण कर्मचारीलाई सोहीअनुसार सेवा प्रवाह गरी बिरामीलाई सेवा प्रदान गर्न सूचित गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)