मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सेनेटरी प्याड बनाउन छात्रालाई तालिम

barnanmedia.com · Fri May 30 21:55:26 GMT 2025

महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड किन्न बन्दनाकुमारी महतोलाई बुवाआमासँग आवश्यक पैसा मागिरहनुपर्ने बाध्यता टरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–४ सोनवर्षास्थित जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बन्दनाले तीनदिने तालिम पछि घरैमा आफँै प्याड बनाउन सक्ने हुनुभएको छ ।

स–साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उहाँले खुसी लागेको बताउनुभयो । “अब सेनेटरी प्याड किन्न घरमा पैसा मागिरहनु परेन । पहिला मम्मीसँग माग्थे, अब त्यो परेन । स–साना कपडाको टुक्राबाट राम्रोसँग प्याड बनाउन सिकेकी छु”, खुसी व्यक्त गर्दै बन्दनाले भन्नुभयो, “पकेटमा रुमाल राखे जसरी लिएर हिड्न सक्छौँ । जतिबेला जरुरी पर्छ त्यसैबेला प्रयोग गर्न सकिन्छ ।” घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुने तरिकाबारे पनि सिकेको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)