मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जोखिममा भटौली खोलाको पक्की पुल

ratopati.com · Sat Jul 26 22:08:00 GMT 2025

मन्थली। सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ ।

सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँसँग जोड्ने वैकल्पिक सडक खण्डमा पर्ने भटौली खोलाको पक्की पुल बाढीको कटानबाट उच्च जोखिममा परेको हो । जिल्ला सदरमुकाम रहको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पिलरमा भटौली खोलाको बाढी सिधै ठोक्किन थालेपछि पुल जोखिम मा पर्दै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)