दोलखामा वर्षासँगै हिमपात
ekantipur.com · Sun Feb 26 16:43:58 GMT 2023
दोलखा — दोलखाको तल्लो क्षेत्रमा आइबार वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लामा ६ महिनापछि हावाहुरीसहित हिउँदे वर्षा भएको हो । यस्तै माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।
वर्षाले गहुँबालीमा सिँचाइ पुग्ने भन्दै किसान खुसी भएका छन् । गहुँबाली खडेरीले डढ्न थालेको थियो । माथिल्लो क्षेत्रमा किसानले आलु उमार्न पाएका थिएनन् । वर्षाले आलु बालीलाई पनि राहत हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)