मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट पर्यटनमैत्री : होटल सङ्घ

barnanmedia.com · Fri May 30 22:11:35 GMT 2025

काठमाडौँ, १७ जेठः आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेटप्रति होटल व्यवसायीहरुको छाता सङ्गठन उत्साहित भएको छ । सरकारले बजेटमार्फत होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल सङ्घ नेपालले स्वागत गरेको हो । सङ्घद्वारा जारी विज्ञप्तिमो दशकौंदेखिको यो माग पूरा भएकोमा सरकारलाई धन्वाद ज्ञापन गर्दै यो घोषणाबाट होटल उद्योले पु¥याएको योगदानको कदर भएको जनाएको छ ।

काठमाडौँ, पोखरा, भैरहवाका अन्तरराष्ट्रिय विमानस्थलको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नती भइरहेका राष्ट्रिय राजमार्गको समयावद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)