त्रिविको उपकुलपति बन्न ४३ प्रतिस्पर्धी
ekantipur.com · Tue Jan 23 00:29:20 GMT 2024
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपति बन्न दुई महिलासहित ४३ जना प्राध्यापकले खुला प्रतिस्पर्धाका लागि आकांक्षा देखाएका छन् । आवेदन दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाको आवेदन परेको उपुकलपति सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए ।
‘आवेदन भेरिफाई गरिँदै छ । अपुग कागजात भए माग गर्छौं । विज्ञ टोली बनाएर मूल्यांकन गरेर उपकुलपति नियुक्तिका लागि सिफारिस गर्छौं,’ उनले भने । समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये एकलाई कुलपतिले नियुक्ति दिने व्यवस्था छ । प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको निर्देशनमा शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)