निकसँग प्रियंका खुसी
rajdhanidaily.com · Thu May 27 00:16:37 GMT 2021
मुम्बई । अमेरिकन गायक निक जोनससँग बलिउड अभिनेत्री प्रियंका चोपडाले विवाह गरेको दुई वर्ष पूरा भएको छ । तर, उनीहरूले अझै सन्तानबारे निर्णय लिएका छैनन् । अभिनेत्री प्रियंकालाई प्रायः सन्तानबारे धेरै प्रश्न आउँदो रहेछ । त्यसबारे निर्णय लिन अझै केही समय लाग्ने यी अभिनेत्रीको कथन छ ।
निक र प्रियंकाको दाम्पत्य जीवन निकै सुखद रूपमा हेरिएको छ । प्रियंकाले पनि विवाह भएपछि आफूहरूको दुई वर्ष निकै सुखदसँग बितेको बताएकी छन् । दम्पत्य जीवन सुखद हुनुको कारण एकले अर्कालाई साथ दिनु र सहयोग गर्नु नै रहेको उनले बताइन् । आफू र निक सकेसम्म हरेक पलसँगै हुने र हरेक समयसँगै बिताउने कोशिसमा रहने गरेको पनि प्रियंकाको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)