२८ वर्षसम्म स्कुल शिक्षक थिए पोखराका एमाले मेयर उम्मेदवार पौडेल
setopati.com · Sat Apr 23 17:56:00 GMT 2022
नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनाएका नेता दीपक पौडेल पूर्व शिक्षक हुन्। पोखरा महानगरको वडा नं. १९ का पौडेलले गाउँकै भारती गगन माविमा पढाए। अरू स्कुलमा समेत गरेर उनले २८ वर्ष अध्यापन गराए। ६० वर्षे उमेर हदले निस्किँदा पेन्सन पाक्न दुई महिना मात्र बाँकी थियो।
'२८ वर्ष शिक्षक भएर अवकाश लिँदा पेन्सन पाक्न दुई महिना बाँकी थियो,' उनले भने, 'प्रयास गरेको भए पाउँथे होला। कानुनले नमिल्ने भएर प्रयास नै गरिनँ।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)