वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम
barnanmedia.com · Sat Jun 13 13:45:10 GMT 2026

म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पाँचदिने उद्यमशीलता तालिम प्रदान गरेको छ ।
यही जेठ २६ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा नगरपालिकाभित्रका २५ जना वैदेशिक रोजगारीबाट फर्किएका युवाको सहभागिता रहेको म्याङलुङ नगरपालिकाका रोजगार संयोजक अनिल नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय साक्षरता तथा बैङ्किङ ऋणसम्बन्धी जानकारीका साथै मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)