सशस्त्र प्रहरीद्वारा भित्र्याइएका रु १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद
barnanmedia.com · Fri May 30 22:42:11 GMT 2025

सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका रु १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो ।
पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको रु आठ लाख ३६ हजार ९५० मूल्य बराबरको मोबाइल पाट्र्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको जानकारी दिए । भन्सार छली भएका सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)