मंकीपक्स फलिएपछि विश्वभर स्वास्थ्य आपत्काल घोषणा
annapurnapost.com · Sun Jul 24 00:56:00 GMT 2022
बीबीसी : विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ। शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो।
बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन्। अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा मंकीपक्सको संक्रमण देखिएको छ। त्यस्तै, यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)