अख्तियारबाट डीआईजी श्रेष्ठको सरुवा, रानालाई खटाउने निर्णय
barnanmedia.com · Fri May 30 22:54:48 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नहुने भएको छ। गृहमन्त्री रमेश लेखकले १३ गते (मंगलबार) ११ जना डीआईजीको पदस्थापन गरेका थिए, जसअनुसार डीआईजी श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा खटाउने निर्णय भएको थियो।
तर, निर्णय सार्वजनिक भएपछि उत्पन्न विवाद र आलोचनाका कारण श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नगर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ। यदि श्रेष्ठको सरुवा नगर्ने निर्णय कायम रह्यो भने रानीपोखरीमा ओमबहादुर रानालाई खटाइने तयारी भएको छ। यसअघि भने रानालाई अख्तियारमा पदस्थापन गर्ने तयारी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)