विश्व शान्तिको कामना गर्दै काभ्रेको नालामा मछिन्द्रनाथ जात्रा
setopati.com · Wed Mar 31 16:47:00 GMT 2021
विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा बुधबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा धुमधामसहित मनाइएको छ। फागु पूणिमाको भोलिपल्टबाट सुरू हुने जात्रा ३ दिन सम्म मनाइन्छ।
पहिलो दिनमा न्हवाँ भनेर, सेतो मच्छेन्द्रनाथ बिधिवत नजिको खोलाबाट नृत्य पूजा गरेर सेतो मच्छेन्द्रनाथलाई नुहाइन्छ र भोलिपल्ट मन्दिर नजिक रहेको पूजा गर्ने ठाँउमा मच्छेन्द्रनाथलाई रङ्ग लगाएर तयार पारिन्छ र तेस्रो दिन बिहानैदेखि नृत्य पूजा गर्दै जात्रा गरिदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)