मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा बजेटः ठूला आयोजना प्राथमिकतामा, अधिकांश पुरानै

rajdhanidaily.com · Fri May 30 23:13:27 GMT 2025

सुर्खेत । संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा कर्णाली प्रदेशका ठूला आयोजना प्राथमिकतामा परेका छन् । बजेटमा अधिकांश पुरानै परे पनि ती आयोजनामा स्रोत सुनिश्चित गरिएको छ । अर्थमन्त्री पौडेलले आगामी वर्ष भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावरहाउस २ वर्षभित्र सम्पन्न गर्नेगरी २ अर्ब ७ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको जनाएका छन् । भेरीको पानी सुरुङमार्फत बबईमा खसालेर विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियामा सिँचाइ सुविधा पु-याउने उद्देश्यले २०७२ सालदेखि यो आयोजना निर्माणमा छ । सुरुङ निर्माणमा ब्रेक थु्र भए पनि त्यसपछिका काम सुस्त छन् । यस आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बाँके र बर्दियामा ५१ हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने लक्ष्यअनुरूप आयोजना कार्यान्वयनमा ल्याइएको हो ।

संघीय सरकारले आगामी आवमा कर्णाली कोरिडोरको हिल्सा–सिमकोट तथा खुलालु–पिलुचौर–तुम्चखण्डको सडक स्तरोन्नति गर्न १ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)