नेपाल हाते कागज संघको अन्तरक्रिया
abhiyandaily.com
काठमाडौं । नेपाल हाते कागज संघ र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाली हाते कागजको निर्यात वृद्धिका लागि उद्यमी तथा इन्टेरियर डिजाइनरबीच अन्तरक्रिया गरिएको हो । कार्यक्रममा आइडिया नेपालको सहयोग रहेको थियो ।
कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले उद्यमी तथा डिजाइनरबीचको सहकार्यबाट हस्तकलाका उत्पादनको उपयोग विस्तार गर्न सकिने बताए । उद्यमी र डिजाइनरको सहकार्यबाटै देशको कला संरक्षण हुने र रोजगारीका अवसर बढाउन सहयोग पुग्ने उनको भनाइ थियो । हस्तकला क्षेत्रको दिगो प्रवर्द्धनका लागि हस्तकला व्यवसायी सक्रियताका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)