विदेशी मुद्रा सञ्चिति एकै महिनामा ४५ अर्ब घट्यो
ekantipur.com · Fri Oct 01 00:49:54 GMT 2021
काठमाडौँ — मुलुकको विदेशी मुद्रा सञ्चिति ३० दिनमा करिब ४५ अर्ब रुपैयाँले घटेको छ । आयातमुखी अर्थतन्त्र भएको नेपालमा विदेशी मुद्रा कम हुँदै गएमा अत्यावश्यक वस्तु आयातमा समेत कडाइ गर्नुपर्ने अवस्था आउन सक्ने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ ।
मुद्रा बाहिरिने क्रम तीव्र गतिमा बढेपछि एकै महिनामा करिब ३३ करोड अमेरिकी डलरको सञ्चिति घटेको हो । सामान निर्यात गरेर विदेशी मुद्रा ल्याउने नेपालको अवस्था सधैं नाजुक छ । नेपालमा विदेशी मुद्रा आउने प्रमुख माध्यम ‘रेमिट्यान्स’ हो । तर पछिल्ला महिनामा रेमिट्यान्स वृद्धि भएको छैन, त्यस्तै अर्को स्रोत पर्यटन पनि ठप्प छ । विदेशी मुद्रा आप्रवाह कम भए पनि उपभोग्य वस्तु आयातका लागि निरन्तर विदेशी मुद्रा बाहिर पठाउनुपर्दा सञ्चिति घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)