मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकाका नाकामा स्वास्थ्य जाँच शून्य

nayapatrikadaily.com · Wed Jan 19 00:52:00 GMT 2022

दिनमै १० हजार नाघ्दा काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी छन् । बढी जनघनत्व भएका कारण संक्रमण र जोखिम काठमाडौंमै बढी छ । तर, काठमाडौंमा भित्रिने र यहाँबाट बाहिरिने नाकामा भने कुनै स्वास्थ्य सतर्कता छैन ।

अघिल्ला दुई लहरमा चेकजाँच केही हदसम्म प्रभावकारी पारिएका उपत्यकाका चार नाका नागढुंगा, साँगा, तिनपिप्ले र फर्पिङमा अहिले स्वास्थ्य जाँचविना आउजाउ चलिरहेको छ । सामान्य अवस्थामा जस्तै प्रहरीले सवारीसाधनका नम्बर टिपेर भित्रिन र बाहिरिन दिइरहेका छन् । ‘बसमा यात्रा गर्नेलाई मास्क प्रयोग गर्न भनिरहेका छौँ, त्यसबाहेक त केही व्यवस्था छैन,’ साँगा प्रहरी चौकीका सइ रामप्रकाश यादवले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)