तराई मधेशमा उखरमाउलो गर्मी, तातो हावा चलेका बेला घरबाहिर ननिस्कन आग्रह
Ujyaaloonline.com · Wed Apr 24 23:23:34 UTC 2024

काठमाण्डाै – तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज भैरहवा र तौलिहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्री सेल्सियस वा त्यसकै हाराहारीमा पुगेको छ ।
तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातकाे समयमा पनि अत्यधिक गर्मी रहेको स्थानीयवासीले बताएका छन् । तातो हावा चलेका कारण दिउँसो घरबाहिर निस्कनै मुस्किल परेको छ । तराई मधेशका जिल्लासँगै मध्यपहाडका उपत्यका तथा खोँचहरूमा पनि गर्मी अत्यधिक बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)