टेस्लाले २०२५ सम्ममा मानिसले जसरी नै काम गर्ने रोबोट बेच्न शुरु गर्न सक्ने !
Ujyaaloonline.com · Wed Apr 24 23:21:38 UTC 2024

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अर्काे वर्ष २०२५ को अन्त्यसम्ममा मानिसले जसरी काम गर्नसक्ने ‘ह्युमोनोइड रोबोट अप्टिमस’ बेच्नका लागि तयार हुनसक्ने जनाएको छ ।
एक सम्मेलनका क्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ह्युमोनोइड रोबोटले मानिसले जस्तै गरी काम गर्नसक्ने दाबी गर्नुभयो । रोबोटको प्रयोग वेयरहाउजिङ, लजिस्टिक, रिटेल र निर्माणको क्षेत्रमा प्रयोग गरिने मस्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)