बेइजिङमा सगरमाथा साहसिक उत्सव
himalpress.com · Sat Jun 13 14:07:42 GMT 2026

बेइजिङ – सगरमाथा आरोहीका दुःखका साथै साहसिक कथा, स्वर्गको टुक्राका रूपमा नेपालको प्रशंसा, हिमपर्वत र पर्वतारोहणसम्बन्धका जल्दाबल्दा समस्या र सम्बन्धित् संघसंस्था तथा व्यवसायीद्वारा पर्वतीय प्रवर्द्धनका क्रममा देखाएको आशाले शुक्रबार (जुन १२) साँझ बेइजिङस्थित एक होटलको कक्ष हिमालमय बनेको थियो।
सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मनाउँदै आइएको सगरमाथा दिवस मनाउने क्रममा तत्स्थानको वातावरण हिमालमय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)