नागरिक उन्मुक्तिद्वारा कैलालीका ५ वटै क्षेत्रमा उम्मेदवारी
ekantipur.com · Sun Oct 09 16:39:09 GMT 2022
धनगढी — गत स्थानीय तह निर्वाचनमा कैलालीमा दबादबा बनाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा पनि जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संघ र प्रदेश दुवैतर्फ उम्मेदवारी दर्ता गराएको छ । आफ्नो बलियो आधार क्षेत्र मान्दै आएको कैलाली क्षेत्र–१ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।
उनी अखण्ड थरुहट आन्दोलनका क्रममा टीकापुर क्षेत्रमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीकी श्रीमती हुन् । गत आम निर्वाचनमा कैलाली–१ बाट रेशम नै निर्वाचित भएका थिए । तर, अदालतबाट दोषी ठहर भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)