ब्रेक थ्रु भएको नागढुंगा–नौबिसे सुरुङमार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने
rajdhanidaily.com · Mon Apr 15 23:23:05 UTC 2024
काठमाडौं । बहुप्रतीक्षित नागढुंगा– नौबिसे (सिस्नेखोला) मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएपछि ब्रेक थ्रु भएको छ । निर्माण सुरु भएको ५३ महिनापछि यस सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठलगायतको उपस्थितिमा सोमबार सुरुङमार्गको ब्रेक थ्रु गरिएको हो ।
यो सुरुङ मार्ग निर्माणका लगि आवश्यक विस्फोटक पदार्थ प्रयोग गर्दै बाँकी खनेर सुरुङ छेडिएको हो । यो सुरुङमार्ग छिचोल्ने दिन सोमबार सुरुङभित्रै विशेष कार्यक्रम आयोजना गरिएको थियो । प्रधानमन्त्री दाहालले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)