मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पाँचवटा प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात हुने

baahrakhari.com · Thu Dec 02 00:47:00 GMT 2021

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)