मौद्रिक नीतिमाथि निजी क्षेत्रको अपेक्षा
karobardaily.com · Sun Jul 11 01:05:28 GMT 2021
नेपाल राष्ट्र बैंकले साउन पहिलो साता आर्थिक वर्ष ०७८-७९ का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । कोभिडले शिथिल भएका व्यापारी एवं उद्योगीहरू आउने मौद्रिक नीतिले आफूहरूको माग सम्बोधन हुने कुरामा आशावादी देखिन्छन् । आर्थिक क्रियाकलापको विस्तार र रोजगारी सिर्जना, सिंगो आर्थिक विकास गर्न र देशमा गत वर्ष र यस वर्ष कोभिडको दोस्रो लहरबाट ग्रसित अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न ०७८-७९ को मौद्रिक नीतिले साथ दिने निजी क्षेत्रको अपेक्षा छ । कोभिडका कारण मुलुकको अर्थतन्त्र थिलथिलो भएको छ । लामो समय लकडाउन हुँदा उद्योग–व्यवसाय लामो समय ठप्प भए । अहिले केही मात्रामा चहलपहल सुरु भएको छ । तर, कोभिडको तेस्रो लहरको पनि सम्भावना भएकाले उद्योग व्यवसाय सञ्चालनमा निकै नै चुनौती देखिएको छ । आगामी मौद्रिक नीतिमार्फत कोभिड–१९ का कारण प्रभावित उद्योगहरूको ब्याज मिनाहा हुनेमा उद्योगी व्यावसायी आशावादी छन् । गत वर्ष पनि कोभिडले प्रभावित भएपछि आएको मौद्रिक नीतिले धेरैलाई राहत दियो । तर कार्यान्वयन पक्षमा केही गुनासो रह्यो । कतिपय नीतिहरू सात महिनापछि कार्यविधि बनाएको समेत पाइयो । उद्योगी–व्यवसायीहरूका लागि कोरोनाको राहत प्याकेज ल्याएर लोकप्रिय भएको चालू आर्थिक वर्षको मौद्रिक नीतिभन्दा झन् बढी आशा आगामी आर्थिक वर्षको मौद्रीक नीतिमा निजी क्षेत्रको रहेको छ । तर, यसले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई समेट्न नसकेको काराण यसपटक शारीरिक पारिश्रम गर्ने मजदुरहरूलाई पनि समेट्ने गरी मौद्रिक नीति आउने आशा पनि छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आव ०७८-७९ को मौद्रिक नीति कस्तो हुनुपर्छ भनी कारोबारकर्मी हरूले उद्योगी व्यापारीसँग गरेको कुराकानीको सार –
पुनर्कर्जा वितरण र व्यवसाय सुरक्षित हुने मौद्रिक नीति आउनुपर्छ
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)